नियम ३०
विदेशी भाषाको लिखतको अनुवाद
  न्यायाधिकरणमा दायर रहेको मुद्दा मामिलामा विदेशी भाषाको प्रमाणको लिखत पेश भएमा न्यायाधिकरणले सो पेश गर्ने पक्षबाट नै प्रमाणिक अनुवाद पेश गराउन वा उपयुक्त ठानेको व्यक्ति वा संस्थाबाट त्यसको नेपाली भाषामा अनुवाद गराउन सक्नेछ र त्यस्तो गराउ“दा लागेको मुनासिब खर्च त्यस्तो लिखत पेश गर्नेबाट अगावै पनि असुल गर्न सक्नेछ ।